काठमाडौं । जनकपुर बोल्ट्सलाई शानदाररुपमा हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
आजको हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँग खेल्नेछ । चितवनलाई हराउँदै आजै कर्णाली दोस्रो क्वालिफारमा पुगेको छ । जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाउँदै अविजित रहे भने दीपेन्द्र सिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे ।