काठमाडौं । आज अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.१४ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । हिजो अमेरिकी डलर एकको खरिदर १३५.०९ रुपैयाँ रहेको थियो भने बिक्रीदर १३६.०९ रुपैयाँमा रहेको थियो ।
त्यसैगरी आज युरो र पाउन्ड पनि बढेको छ । हिजो १ युरोबराबर खरिद १४२.१३ रुपैयाँ र बिक्री दर १४२.७६ रुपैयाँ रहेकामा आज भने खरिद १४२.१७ रुपैयाँ र बिक्री १४२.७६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी आज पाउन्ड १ को खरिद दर १७२.०५ रुपैयाँ र बिक्री दर १७२.८२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिनमा पाउन्ड एकको खरिद दर १७१.४० रुपैयाँ र बिक्री दर १७२.१६ रुपैयाँ रहेको थियो ।