+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

एनपीएल विजेता टोलिले एक करोड १० लाख पुरस्कार पाउने

जनवाच
४ महिना अगाडी

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । यही मंसिर १६ गतेदेखि काठमाडौंमा जारी एनपीएल खेलमा सहभागि ८ वटा समूहमध्ये विजेता टोलिले उक्त पुरस्कार प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । एनपीएल यहीँ पुस ६ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलिले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलिले २५ लाख र चौथो हुने टोलिले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एउटा कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ । मंसिर १५ गतेदेखि जारी एनपीएलमा काठमाडौं गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ