+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राँगा भैँसीको मासु चीन निर्यात

अन्तत: नेपालले राँगा भैँसीको मासु चीन निर्यात गर्ने भयो, दुई पक्षबीच सम्झौतामा हस्ताक्षर

जनवाच
४ महिना अगाडी

काठमाडौं। नेपाल–चीन आयात निर्यातको सन्दर्भमा नेपालबाट राँगा भैँसीको मासु निर्यात गर्ने सम्बन्धमा दुई पक्षबीच औपचारिक सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल र चीनबीच मासु निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

गत मंसिर १७ गतेदेखि १९ गतेसम्म चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य ९ वटा सम्झौतासँगै नेपालबाट राँगा भैँसीको मासु निर्यात गर्ने सम्बन्धमा समेत चीनसँग समझदारी गरेका थिए । सोही समझदारी अनुरुप दुईपक्षले आज सम्झौता गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताएका छन् ।

चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताए । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उनको जोड थियो ।

“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भने ।

प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उनको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताए ।
हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ