काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा आज काठमान्डु गुर्खाज विरुद्ध विराटनगर किंग्स मैदानमा उत्रिएको छ । टस जितेर पहिला बलिङ रोजेको काठमाडौंलाई विराटनगरले ब्याटीमार्फत खेलको शुरुवात गरेको छ ।
प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भए काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।