+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निकुञ्जको निर्णय प्राधिकरणले नमान्ने, सगरमाथा क्षेत्रमा उडान नियमित राख्न निर्देशन

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरणले सगरमाथा क्षेत्रमा हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय खारेज गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको सगरमाथा राष्ट्रिय निकुन्ज कार्यालयले पुस १७ गतेदेखि निकुञ्ज क्षेत्रमा उडान प्रतिबन्ध लगाउने गरी वायुसेवा सञ्चालक संघ र प्राधिकरणमा पत्राचार गरेसँगै प्राधिकरणले ऐन विपरितको निर्णय कार्यान्वयन गर्न बाध्य नहुने जवाफ फर्काएको हो ।

निकुञ्जले यसअघि पनि विभिन्न कारण देखाउँदै यस्तै प्रकृतिको हवाई उडान प्रतिबन्ध लगाउने पत्र पठाउने गरेको भन्दै प्राधिकरणले पछिल्लो पत्रबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपालको संबिधानमा केन्द्रको एकल अधिकार अन्तर्गत सुचीकृत नेपाली वायुक्षेत्रमा हुने हवाई उडडयनको नियमन तथा व्यवस्थापन गर्ने कानूनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र सो कानून अन्तर्गतका नियमावलीमा भएको व्यवस्थाबमोजिम गैरसैनिक हवाई उडान सञ्चालन अनुमति तथा रोक लगाउने अधिकार प्राधिकरणमा मात्र निहीत रहेको प्राधिकरणले जनाएको छ ।

यस्तो व्यवस्थासँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुन्ज नियमावलीलगायतका कानूनमा कुनै पनि संरक्षित माथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार निकुञ्जसँग समेत नरहेको बताउँदै प्राधिकरणले पत्रको कुनै कानुनी आधार र औचित्य नभएको समेत प्रस्ट पारेको छ ।

 

सोही विज्ञप्तिमार्फत प्राधिकरणले सरकार तथा प्राधिकरणबाट सो क्षेत्रमा हेलिकप्टर उडान अवतरण रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुन्जेलसम्म उक्त क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्वाध र नियमित रुपमा व्यावसायिक उडान संचालन गर्न गराउन हुन सम्पूर्ण हेलिकप्टर कम्पनी लगायत सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुन्जले गाउँपालिका तथा अन्य स्थानीय सरोकारवाला निकायहरुको बैठकको निर्णयको हवाला दिदै, सगरमाथा राष्ट्रिय निकुन्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानको संरक्षण, वनी प्रदुषण नियन्त्रण र धुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै आगामी पुस १७ गतेदेखि सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडान तथा अवतरणमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ