+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

काठमाडौंलाई हराउँदै जनकपुर बोल्ट्स बन्यो एनपीएलको प्लेअफ छिर्ने पहिलो टोली

जनवाच
४ महिना अगाडी

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ राउन्ड पुग्ने पहिलो टोली जनकपुर बोल्ट्स बनेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट ग्राउन्डमा भएको लिगचरणको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै जनकपुर प्लेअफ चरणमा प्रवेश गरेको हो ।

हालसम्म खेलेको छ वटा खेलमा पाँच वटामा जित निकाल्दै जनकपुरले लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेलमा एक खेल गुमाउँदै ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

आजको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र ३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए भने हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरेका थिए ।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।

त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९।३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ