काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा अहिले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।
जल तथा मौसम वजिज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।