+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर बुझाउने समय थपियो, एक करोडमाथि कारोबार गर्नेले पुस मसान्तसम्मको समय पाउने

जनवाच
४ महिना अगाडी

काठमाडौं । आन्तरिक राजस्व विभागले आयकर बुझाउने समय थप १० दिन बढाएको छ । यसअघि विभागले करको वर्गिकरण गर्दै २५ लाख रुपियाँसम्मको वार्षिक कारोबार गर्नेलाई मंसिर मसान्तसम्म २५ लाख रुपियाँमा माथिको कारोबार गर्ने व्यक्ति तथा कम्पनीलाई पुस २० गतेसम्म आयकर दाखिला गर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, व्यसायिक फर्म तथा कम्पनीहरुले पुस मसान्तसम्मको समय दिन माग गरेसँगै विभागले थप १० दिनको समय बढाएको जनाएको छ ।
आयकर ऐन, २०५८ को दफा ९६ ९१० मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।
ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्यूटर प्रणालीमा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने व्यवस्था रहेको छ ।

यसअघि विभागले असोज ४ गते एक निर्णय गर्दै वार्षिक रु २५ करोडसम्म कारोवार गर्ने करदाताहरु र कारोवार भएका निकायहरुको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक रु २५ करोडभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेश गर्न पाउने भनी म्याद थप गरेको थियो ।

निजी क्षेत्रका विभिन्न व्यवसायिक, व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेश गर्ने म्याद २०८१ पौष मसान्तसम्म कायम गरिदिन भनी अनुरोध गरेकाले मंसिर २३ गतेको निर्णय अनुसार रु।एक करोड भन्दा बढीको कारोवार गर्ने करदाताहरुले आर्थिक वर्ष २०८०र८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागले २०८१ पौष मसान्तसम्मको समय दिने विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ