+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात

जनवाच
४ महिना अगाडी

काठमाडौं । पश्चिमी वायुको प्रभाव आज देशका केही स्थानहरुमा वर्षासहित हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात पनि भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै ​राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ