+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्बिट इनर्जीले आईपीओ जारी गर्ने, पुस १७ लाई साधारणसभा डाँकियो

जनवाच
४ महिना अगाडी

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आईपीओ जारीको प्रस्ताव राखेर साधारणसभा बोलाएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभा पुस १७ गते बस्नेछ । सभा हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय काठमाडौंमा बस्नेछ ।

सभामा आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने, कर्जा लिने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुनेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्ने तथा चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गने एजेन्डा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ