+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको नाफा

चार महिनामा बैंकहरुले कमाए २२ अर्ब २९ करोड नाफा, कुन बैंकको कति ?

जनवाच
४ महिना अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको कात्तिक मसान्तसम्मको अपरिस्कृत वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्य पेश गरेको हो ।

गत असोज मसान्तसम्म १६ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका वाणिज्य बैंकहरुले पछिल्लो महिना ३७ प्रतिशतमाथिले नाफा वृद्धि गरेका हुन् । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

कुन बैंकले कति नाफा कमाए ?
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा राम्रो रहेको छ । तर समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा भने २२ करोड ७७ लाख रुपैयाँले ऋणात्मक छ ।
शीर्ष स्थानमा रहँदै नबिल बैंकले चार महिनामा २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो असोजसम्मको तुलनामा भने ६.३४ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी ग्लोबल आइएमईले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाखरुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ, प्रभू बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ र नेपाल एसबिआईले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यी बाहेकका अन्य बैंकको नाफा भने अर्ब भन्दा तल छ । चालु आवको पहिलो चार महिनामा नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थले ६६ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन बैंकले ४३ करोड ८६ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ