+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल वायुसेवा निगम

वायुसेवा निगमका पदाधिकारीलाई सुधारका कार्ययोजना ल्याउन मन्त्री पाण्डको १५ दिने अल्टिमेटम

जनवाच
४ महिना अगाडी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बताउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बड्ने मन्त्री पाण्डेको भनाई थियो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्न समेत निर्देशन दिए। निगमलाई घाट लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ