+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रलाई अघि बढाएर मात्र पर्यटन क्षेत्रको बिकास सम्भव छ : मन्त्री पाण्डे

जनवाच
४ महिना अगाडी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र बिकास गर्न सकिने बताएका छन् । ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मुल नाराका साथ कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुद्धरङ्गशाला बाणगंगामा बुधबारदेखि शुरु भएको १५ औं कपिलवस्तु महोत्सव एवम कृषी, पर्यटन तथा औधोगिक प्रदर्शनीको उदघाटन गर्दै मन्त्री पाण्डेले यस्तो बिचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रको अगुवाई बिना पर्यटन क्षेत्रको बिकास असम्भव रहने बताउँदै निजी क्षेत्रसहित बिदेशी र गैर आवासीय नेपालीलाई लगानीका लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।
लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै उनले कपिलवस्तुका नागरिकले पर्यटकलाई गर्ने व्यवहार र स्वागत सत्कारमा बुद्ध शैली तथा बुद्धत्व झल्काउने खालको व्यबहार हुनुपर्ने बताए ।
तिलौराकोट छिट्टै विश्व सम्पदा सुचिमा सुचिकृत हुने प्रक्रियामा रहेको बताउँदै मन्त्री पाण्डेले कपिलवस्तु सहितका बुद्धस्थलको बिकास अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आजबाट पुस २ गते सम्म महोत्सव आयोजना हुनेछ । महोत्सवले जिल्लाको समग्र बिकास, प्रचार प्रशारमा टेवा पुर्याउने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक गणेश बहादुर क्षेत्रीले बताए ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रबद्र्धनसँगै कृषि आधुनिकीकरणका औजार, कृषि, लघु र साना उद्योगका उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिईएको छ ।
महोत्सवको आकर्षणको रुपमा पशुपतिनाथ मन्दिर शैलीको प्रवेश गेट, राष्ट्रिय र स्थानीय कलाकारको साँङ्गीतिक प्रस्तुती, जिल्लाको पर्यटकिय क्षेत्रको तस्बिर, थारु परिकार, बाल उद्यान, कपिलवस्तु डान्स आईडल, झुला लगायतले आकर्षण गर्ने जनाईएको छ ।

महोत्सवको आकर्षणको रुपमा खेल क्षेत्रलाई प्राथमिकता दिई बालुवामा डिजर साईक्लिङ्ग, प्रदेशस्तरीय कपर्दी प्रतियोगिता र स्कुलस्तरीय भलिबल लगायतका खेल आयोजना गरिने जनाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ