+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हवाई भाडा

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति पुग्यो ?

जनवाच
४ महिना अगाडी

काठमाडौं । पछिल्लो पटक नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा समेत बढेको छ । मंगलबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दर बढाएको हो ।

गत आइतबार बिहानदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको थियो । योसँगै प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा पनि बढाएको हो ।
प्राधिकरणका अनुसार आन्तरिक तर्फ विराटनगर धनगढीको भाडा सबैभन्दा धेरै अर्थात् १२५ रुपैयाँ वृद्धि भएको छ । यसअघि ८ हजार ११५ रुपैयाँ रहेकोमा भाडा बढेसँगै अब विराटनगर–धनगढीको भाडा ८ हजार २४० रुपैयाँ पुगेको छ । यस्तै, नेपालगञ्ज–भद्रपुर भाडादर पनि ११५ रुपैयाँ वृद्धि भई ७ हजार ४८० रुपैयाँ पुगेको छ ।

यता, विराटनगर–नेपालगञ्जको पनि ११० रुपैयाँ बढेर ६ हजार ८७५, सिमरा–धनगढीको १०५ रुपैयाँ बढेर ६ हजार ४९५, जनकपुर–धनगढीको पनि ११० रुपैयाँ बढेर ७ हजार २५ रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

यसैगरि काठमाडौं–धनगढीको ९० रुपैयाँ, जनकपुर–नेपालगञ्ज ८५ रुपैयाँ, पोखरा–भद्रपुर ८० रुपैयाँ, विराटनगर–भैरहवा ८० रुपैयाँ, भैरहवा– भद्रपुर ९० रुपैयाँ, सिमरा –नेपालगञ्ज ८५ रुपैयाँ वृद्धि भएको छ ।
वृद्धि भएको भाडादर भोलि मंसिर १९ गतेदेखि लागू हुनेछ । सोही अनुसार नै भाडा कार्यान्वयन गर्न–गराउनका लागि प्राधिकरणले निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ