काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति महामहिम जन जेसू बीच भेटवार्ता भएको छ । भेटमा नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडान सुचारू गर्ने बिषयमा छ्लफल भएको छ ।
नेपाल एअरलाइन्सको सिधा उडान नहुदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे मन्त्री पाण्डेले जानकारी दिए। मन्त्री पाण्डेले यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताए ।
यस्तै कोरियन कम्पनी सामसुङ र हुन्डाईले नेपालमा लगानी गरेर मेड इन नेपाल टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गरे । कोरियाली प्रतिनिधि मण्डलले नेपालमा देखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।