काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ र अन्तर्राष्ट्रिय प्रतिलिटर ९७५ अमेरिकी डलर कायम भएको छ । तथापि, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट ३० नोभेम्बर, २०२४ (मंसिर १५, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर रु. ०.१८ ले घटेर र पेट्रोलमा प्रतिलिटर रु. ०.५८ ले घटेर आएको निगमले जनाएको छ । तर, मट्टितेलमा रु. १.७४, हवाई इन्धनमा रु. १.३५ र एल.पी.ग्यासमा प्रतिसिलिण्डर रु. १४.४९ ले बढेर आएको निगमले जनाएको छ।