+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल प्रिमियर लिग

एनपीएलमा जनकपुरको उत्साहप्रद शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले उत्साहप्रद शुरुवात गरेको छ । मंसिरक १५ गते (शनिबार)देखि काठमाडौंको कीत्र्तिपुर खेल मैदानमा शुरु भएको ओपनिङ खेलमा जनकपुर बोल्ट्सले बिराटनगरलाई ८ विकेटले हराएको हो ।

बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको हो ।

मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाउँदै १३१ रन बनाउँदै पूरा गर्‍यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।

विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।
कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ