काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एनपीएल खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किङ्बीच हुनेछ । प्रतियोगिताको लिग चरणमा एक टिमले ७ वटा म्याच खेल्नेछन् ।
मंसिर १६ गते खेल राखिएको छैन भने १७ गतेदेखि दैनिक दुईवटा खेल हुनेछन् । पुस ३ गतेदेखि प्लेअफका खेलहरु हुनेछन् भने एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ ।
