काठमाडौं। नेपाली चलचित्र तेल भिसाका निर्माता र निर्देशक विरुद्ध ठगी मुद्दामा प्रहरीमा उजुरी परेको छ । अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा निर्माता निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।
चलचित्रका निर्माता तथा निर्देशक शंकर र ऋचा दम्पती समेत हुन् । उनीहरु विरुद्ध ठगीको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
लामो समयदेखि अमेरिका बस्दै आएका शंकर घिमिरे दम्पती हालैमात्र नेपाल फर्किएका थिए । घिमिरे दम्पतिले बनाएको चलचित्र तेल भिसा आगामी मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।