+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिका निर्वाचन

कमला ह्यारिसलाई हराउदै डोनाल्ट ट्रम्प बने अमेरिकाको ४७ औं राष्ट्रपति

जनवाच
५ महिना अगाडी

काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको ४७ ओैं राष्ट्रपतिमा डोनाल्ट ट्रम्प निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीबाट तेस्रोपटक राष्ट्रपतिका लागि लडेका ट्रम्पले अमेरिकन डेमोक्रेटिक पार्टीका उमेदवार कमला ह्यारीस्लाई हराउँदै पुन: दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि उमेदवारले स्पष्ट २७० मत भार ल्याउनुपर्ने हुन्छ । ट्रम्पले २७७ मतभार सहित स्पष्ट बहुमत प्राप्त गरेका छन् । यता उनका निकटस्त प्रतिस्पर्धी कमला ह्यारिस्ले २२४ मतभार ल्याएकी छन् ।

त्यसो त सन् २०१६ मा पहिलोपटक अमेरिकाकाे राष्ट्रपति बनेका ट्रम्पले यसअघि डेमोक्रेटिक पार्टीकै उमेदवार हिलारी क्लिन्टलाई हराएका थिए । यसपछि अघिल्लो निर्वाचन २०२० मा पुन: दोस्रोपटक राष्ट्रपतिमा लडेका ट्रम्प यसपटक भने जो बाइडेनसँग पराजित भए ।
तर, पुन: तेस्रोपटक राष्ट्रपतिमा भिडेका ट्रम्प अन्ततः कमला ह्यारिस्लाई हराउँदै अमेरिकाको ४७ ओैं राष्ट्रपति बन्न सफल भएका छन् ।

ट्रम्पको पुनरागमनसँगै विश्व राजनीति, कुटनैतिक सम्बन्ध, विदेश नीतिमा अब अमेरिकाको रणनीति के हुन्छ ? विश्वको चासो बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ