काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका, २ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टमा ठूलो आर्थिक कारोबारसहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं .२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन, ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन, सोही ठाउँ बस्ने वर्ष ५० का जेम्स हिराचन, ५३ वर्षका गुन्ज हिराचन, ६० वर्षका दल बहादुर हिराचन, ५० वर्षका विश्वलालचन रहेका छन् ।
यसैगरी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ स्थायी घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं.२ बस्ने ५९ वर्षका आईत ज्वारचन, मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. २ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन, ऐ.ऐ. बस्ने वर्ष ५० का कविन ज्वारचन, ६५ वर्षका याम प्रसाद मगर, ४० वर्षका सन्तोष लालचन र कास्की पोखरा महानगरपालिका वडा नं.९ स्थायी घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षका कमल हिराचन रहेका प्रहरीले जनाएको छ।