+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झिलिमिली तिहार

लक्ष्मी पुजाको साँझ आज १७ सय मेगावाट विद्युतको डिमान्ड रहने

आपूर्ति सहज हुने प्राधिकरणको दावी

जनवाच
५ महिना अगाडी

काठमाडौं । लक्ष्मी पूजाको दिन आज देशभरबाट १७ सय मेगावाट विद्युतको डिमान्ड रहने अनुमान गरिएको छ । झिलिमिली तिहार अझ बढी विद्युतको खपत लक्ष्मी पुजाको दिन हुने हुँदा आज साझको पिकआवरमा विद्युतको खपत १७ सय मेगावाट हाराहारी पुग्ने अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको हो ।

तथापि, आजदेखि तिहार विदाका कारण उद्योग कलकारखाहरु बन्द हुनेहुँदा गाहस्थ्य वर्गको विद्युत आपूर्तिमा समस्या नहुँने प्राधिकरणले जनाएको छ । तिहारका लागि आवश्यक विद्युतको सहज आपूर्तिको व्यवस्था गरिएको प्राधिकरले जनाएको छ ।

त्यसो त तिहार शुरु हुनुअघि कात्तिक १२–१३ गतेदेखि नै झिलीमिली बत्ती बाल्न सुरु भइसकेको छ । त्यसले गर्दा अहिले पनि विद्युत्को माग उच्च भइसकेको छ । विद्युत् बक्यौताको नाममा उद्योगहरुमा लाइन काट्दा झण्डै २ सय मेगावाट विद्युत्को खपत भएको छैन । त्यो अवस्थामा समेत अहिले तिहारकै कारण विद्युत्को अधिक्तम माग १५–१६ सय मेगावाट हारहारीमा रहेको छ । लक्ष्मी पुजाको दिन त्यो बढेर १७ सय मेगावाट हारहारी पुग्ने अनुमान गरिएको छ । आवश्यक पर्ने विद्युत्को अभाव नहुने प्राधिकरणको दावी छ ।

गत बर्षको लक्ष्मी पुजाको दिन १४३८ मेगावाट विद्युतको डिमान्ड रहेको थियो । प्राधिकरणले २०७३ को लक्ष्मी पूजाकै दिनबाट ग्राहक बर्गमा लोडसेडिङ अन्त्य गरेको थियो । त्यस यता लक्ष्मी पूजामा विद्युत्को अभाव भएको छैन । यसपाली पनि विद्युत्को अभाव नहुने प्राधिकरणको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ