+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साफ वुमन्स च्याम्पियनसिप

बलियो प्रतिस्पर्धी भारतलाई हराउदै नेपाल फाइनलमा

जनवाच
५ महिना अगाडी

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बलियो प्रतिस्पर्धी भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार साँझ साढे ६ बजेदेखि शुरु भएको खेलमा घरेलु मैदानमा भारतलाई हराउदै नेपाली महिना फूटबल टोली फाइन प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा नेपालले भारतलाई १/१ गोलको बराबरीमा रोकको थियो । खेलको पहिलो हाफमा भारतले नेपालमाथि १ गोलको अग्रता बनाएपनि दोस्रो हाममा जवाफी गोलसहित नेपालले भारतलाई बराबरीमा रोकेको थियो । तथापि, नेपालको गोलमा विवाद भएपनि झण्डै १ घण्टा खेल अवरुद्ध बन्न पुगेको थियो । तर विवाद पछि शुरु भएको खेलमा पुनः नेपालले गोल हानेपछि नेपाल–भारतको सेमिफाइनल खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा बलियो प्रतिस्पर्धी भारतलाई हराएको नेपालले अब फाइनलमा बंगलादेशसँग भिड्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ