+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेडिकेटेड / ट्रंक लाइन विवाद

एक्सनमा कुलमान : सरकारको अइच्छा विपरित फेरि काटे उद्योगको लाइन

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि एक्सनमा उत्रिएका छन् । वर्षौदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्योगको लाइन उनले फेरि काटेका हुन् ।

विद्युत महशुल भूक्तानी गर्न उद्योगहरुलाई पटकपटक ताकेता गर्दा पनि मानिरहेका छैनन् । यस मुद्दामा उल्टो सरकारनै उद्योगीको पक्षमा लागेपछि बक्यौता महशुल उठाउन कार्यकारी निर्देशक घिसिङलाई सकस भएको छ ।
तर, पछिल्लो पटक १५ दिनको अल्टिमेटम दिँदै घिसिङले बक्यौता रकम भुक्तानी गर्न उद्योगिहरुलाई आग्रह गरेका थिए । जुन समय सीमा बिहीबार (कात्तिक ८) सम्मका लागि थियो । तोकिएको समय सीमासम्म पनि महशुल तिर्न उद्योगिहरु नआएपछि बेलुका कार्यकारी निर्देशक घिसिङले केही उद्योगहरुको लाइन काटिदिएका छन् ।

उद्योगको बक्यौता रकम र विद्युत लाइन काट्ने वा नकाट्ने भन्ने सन्दर्भमा बिहीबार दिनभर जस्तो छलफलमा प्राधिकरण जुटेको थियो । प्राधिकरण बोर्डका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री दीपक खड्कासहित बसेको बैठकले यस विषयमा कुनै निर्णय गर्न सकेन । तर, विभागिय मन्त्री खड्काले कुनैपनि हालतमा उद्योगको लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

अन्ततः विभागिय मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अइच्छाका बाबजुद कार्यकारी निर्देशक घिसिङले बिहीबार बेलुका पुनः बक्यौता नतिर्ने उद्योगहरुको लाइन काटेका छन् ।

डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने तर महशुल नतिर्नेमा ४९ वटा उद्योग रहेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ