काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बिहीबार दिउँसो भएको खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
श्रीलंका विरुद मैदानमा उत्रिएको नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक–एक गोल गरे ।
नेपालले सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेशको सामना समूह बी को उपविजेता भुटानले गर्नेछ ।