+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा, निःशुल्क चढ्न पाइने

जनवाच
७ महिना अगाडी

काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आउँदै छ । अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् । त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।

अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ