+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

आज पाकिस्तान र भारतबीच वार्ता हुदै

जनवाच
९ घण्टा अगाडी

काठमाडौं – पाहलगाम आतंकी हमलापछि चर्किएको भारत–पाकिस्तान तनाव केही शिथिल हुँदै गर्दा, आज दिउँसो १२ बजे दुबै देशका सैन्य अधिकारीबीच संघर्षविरामको औपचारिक समीक्षा र आगामी रणनीतिबारे गम्भीर वार्ता हुँदैछ। पछिल्लो सैन्य गतिविधिपछि पहिलोपटक दुबै पक्ष स्थायीतर्फको ‘पहल’ गर्दै वार्ता गर्न सहमत भएका छन्।

चार दिनसम्म चलेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानस्थित नौ वटा आतंकवादी शिविरमा आक्रमण गरेको दाबी गरेपछि सीमामा व्यापक तनाव देखिएको थियो। अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतको तीव्र प्रतिक्रिया स्वरूप सैन्य कारबाही सुरु भएको हो।

यद्यपि, तनाव उत्कर्षमा पुगिसकेपछि १० मेमा पाकिस्तानी डीजीएमओले सम्पर्क गर्दै संघर्षविरामको प्रस्ताव गरेका थिए, जसलाई भारतले स्वीकृति दिंदै साँझ ५ बजेबाट लागू गरिएको जानकारी दिएको छ। तर युद्धविरामको घोषणापछि पनि सीमामा केहीबेर गोलीबारी र ड्रोन गतिविधि देखिनु यस शान्ति प्रयासमाथि प्रश्न उठाउने खालको थियो।

भारतले यो वार्तालाई द्विपक्षीय संवादको निरन्तरता भएको स्पष्ट गर्दै तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरिसकेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको दाबी गरे पनि भारतले त्यसलाई ‘राजनीतिक भ्रम’ भनेर खारेज गरिसकेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले संघर्षविरामलाई स्वागत गर्दै दक्षिण एशियामा दीर्घकालीन स्थायित्व र शान्तिको सम्भावनालाई सकारात्मक संकेत भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ