+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

जनवाच
७ महिना अगाडी

काठमाडौं। ऐतिहासिक धरहरा भोलिदेखि (बिहीबार) सर्वसाधारणका लागि खुला हुने भएको छ। २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणपछि ३ असोजदेखि अन्तरिम रूपमा सर्वसाधारणलाई चढ्न दिने व्यवस्था गरिएको हो। यसअघि २७ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो।

शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले दैनिक करिब ५०० जनालाई धरहरा चढ्न दिने व्यवस्थापन गरेको छ।

प्रवेश शुल्क हालका लागि निःशुल्क हुनेछ भने धरहरा परिसरमा पार्किङ पनि निःशुल्क उपलब्ध गराइनेछ। पर्यटकहरूले दुईवटा विद्युतीय लिफ्ट प्रयोग गरी धरहराको शिखरसम्म पुग्न सक्नेछन्, जहाँ उनीहरूले करिब १० मिनेट बिताउन पाउनेछन्। यस दौरान फोटो तथा भिडियो खिच्न पनि अनुमति दिइनेछ।

हाल धरहराको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको छ। बाँकी कार्यहरू क्रमशः सम्पन्न हुने क्रममा रहेका छन्। धरहराभित्र संग्रहालय, बगैंचा र प्रशासनिक भवनसमेत निर्माण भइरहेको छ। भूकम्पले भत्काएको पुरानो धरहराको भग्नावशेषलाई सुरक्षित रूपमा राखिएको छ, जसलाई अवलोकन गर्न सकिने व्यवस्था छ।

धरहराको पुनर्निर्माणले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्दै नयाँ पुस्तालाई सांस्कृतिक धरोहरसँग नजिक गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ