+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

लघुवित्तको उच्च नाफा: खराब कर्जामा बृद्धि

जनवाच
७ घण्टा अगाडी

काठमाडौं –  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा उल्लेख्य लाभ देखाएको छ। तर, नाफासँगै उक्लिएको खराब कर्जाको अनुपातले दीर्घकालीन चुनौती पनि औंल्याएको छ।

चैत मसान्तसम्म कालिका लघुवित्तले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउँदै अघिल्लो वर्षको सोही अवधिको तुलनामा १११.६७ प्रतिशतको वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष यो नाफा ३ करोड २१ लाख रुपैयाँ मात्र थियो।

साथै, लघुवित्तको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ९ करोड ७० लाख रुपैयाँ पुगेर झण्डै दोब्बर भएको छ।

प्रतिशेयर आम्दानी (EPS) १०.७४ रुपैयाँले उक्लिएर २२.२४ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १७६.५९ रुपैयाँ छ। मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४६.८५ गुणामा उक्लिएको देखिन्छ। लघुवित्तले वितरणयोग्य प्रतिशेयर आम्दानी १२.६ रुपैयाँ जनाएको छ।

यद्यपि लाभदायक प्रदर्शनको बीचमा पनि खराब कर्जा अनुपात बढेर ५.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.९६ प्रतिशतभन्दा बढी हो। यो तथ्य लघुवित्तको कर्जा लगानीमा जोखिम बढिरहेको संकेत हो।

  • चुक्ता पुँजी: ४० करोड ७६ लाख रुपैयाँ

  • जगेडा कोष: ३१ करोड २२ लाख रुपैयाँ

  • निक्षेप संकलन: ४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ

  • कर्जा प्रवाह: ४ अर्ब ६८ करोड ९ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ