काठमाडौं, वैशाख १८ – बिहीबारको नयाँ बिहानसँगै १२ राशिका जातकहरूका लागि आ–आफ्ना ग्रहहरूको प्रभावअनुसार दिनका चालहरू खुल्दैछन्। सुर्य मेष राशिमा र चन्द्रमा बृष राशिमा सञ्चार भइरहेका बेला ‘भरणी’ नक्षत्र र ‘बणिज’ योगले आजको दिनलाई कर्म प्रधान बनाइरहेको छ। विशेषगरी आज बिहान ६:०७ देखि ९:५१ सम्मको समय शुभ कार्यको आरम्भका लागि अत्यन्त लाभदायक मानिएको छ।
-
मेष: प्रतिस्पर्धाको मौका छ, रणनीति र सतर्कता आवश्यक छ। लगानीको समय हो तर सजगता अनिवार्य।
-
बृष: महत्वाकांक्षामा वृद्धि, परिश्रमको माग उच्च। सहयोगीहरूको साथले नयाँ अवसर खुल्न सक्छ।
-
मिथुन: घर–व्यवसाय सम्हाल्न जुझारुपन चाहिन्छ। लव लाइफमा मिठास आउने संकेत।
-
कर्कट: घरायसी जिम्मेवारीसहित सामाजिक कामको अवसर पनि आउँछ। मिहिनेतको प्रतिफल मिठो हुनेछ।
-
सिंह: वैचारिक मतभेदको सम्भावना। ध्यान दिएर निर्णय गर्नुपर्ने दिन हो।
-
कन्या: गोप्य क्षमताको उपयोगको समय। यात्रा वा पारिवारिक आवश्यकता बलियो बन्नसक्छ।
-
तुला: आत्मविश्वासलाई नियन्त्रणमा राख्नुपर्ने समय। व्यर्थको विवादमा नपर्नु नै उचित।
-
वृश्चिक: लेखन, वकालत, पत्रकारिता आदिमा फाइदाको संकेत। मन प्रफुल्ल रहनेछ।
-
धनु: पारिवारिक चुनौतीबीच आम्दानीका सम्भावना। संयम र मिहिनेत आजको मन्त्र हो।
-
मकर: सामाजिक संलग्नता र व्यावसायिक सफलता सँगै। सम्बन्ध सन्तुलनमा ध्यान दिनुपर्छ।
-
कुम्भ: आम्दानी बढ्ने दिन। लगानीको लागि सोचविचार गरेर अघि बढ्न उपयुक्त।
-
मीन: नयाँ कामको थालनी र आम्दानीको नयाँ स्रोत पहिल्याउने अवसर। सानो प्रयासले ठूलो उपलब्धि दिन सक्छ।
आजको दिनलाई भाग्यभन्दा बढी कर्मले प्रभावित गर्ने संकेत देखिन्छ। जसले प्रयास गर्छ, उसैलाई ग्रह–नक्षत्रले साथ दिनेछन्।