+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सांस्कृतिक कार्यक्रमहरुमा राजनीति हुनु हुँदैनः उपप्रमुख डंगोल

जनवाच
७ महिना अगाडी

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीति गर्न नहुने बताएकी छिन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने बताएकी हुन्। उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताईन्। उनले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताईन्।
उनले भनिन्, ‘‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन । त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुशी हुने पर्व हो । यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ