+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

हिन्दु जागरणलाई सशक्त बनाउँदै अर्जनप्रसाद बास्तोला संरक्षकमा मनोनित

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, वैशाख ११ —विश्व हिन्दु महासंघ नेपालले वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शास्त्री अर्जनप्रसाद बास्तोलालाई आफ्नो संरक्षकमा मनोनयन गरेको छ। महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै बास्तोलालाई औपचारिक रूपमा संरक्षकमा मनोनित गरिएको जानकारी दिएका हुन्।

बास्तोला महासंघको प्रारम्भिक कालदेखि नै विभिन्न तहमा सक्रिय रही योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हुन्। अब संरक्षकको हैसियतमा उनले भारतलगायत अन्य मुलुकमा महासंघको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विश्व हिन्दु महासंघ नेपाल देशभरका जिल्ला र पालिकामा आफ्नो सञ्जाल विस्तार गरिसकेको संस्था हो। वैदिक जीवनशैली, धर्म, संस्कार र पूर्वीय चिन्तनलाई पुनर्जीवित गर्दै हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा समेत महासंघ सक्रिय रहँदै आएको छ।

संरक्षकको रूपमा बास्तोलाको मनोनयनलाई वैचारिक मार्गदर्शनको प्रतीकका रूपमा हेरिएको छ। अध्यक्ष अधिकारीका अनुसार “बास्तोला जस्ता अनुभवी शास्त्रीको संरक्षणमा महासंघको वैचारिक र संस्थागत यात्रामा नयाँ गति र गहिराइ आउनेछ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ