+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

मलामी गएका थिए नदीमै हराए : भेरीले गोविन्द पोख्रेलको लियो ज्यान , ५० फिट गहिराइबाट शव निकालियो

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, ११ वैशाख — शोकाकुल मलामी यात्रामा गएका सुर्खेतका गोविन्द पोख्रेलका लागि भेरी नदी अन्तिम बिदाइ साबित भयो। बुधबार सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले ५० फिट गहिराइबाट निकालेको छ।

५८ वर्षीय पोख्रेल मलामी जाँदाजाँदै नदीको छेउमा पुगेका थिए। केही क्षण पानीमा रमाउँदै गर्दा उनी नदीको गहिराइमा हराए। स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरी बल नेपाल, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट उद्धार टोली परिचालित गरिएको थियो।

गोताखोर टोलीले बिहीबार दिउँसो भेरी नदीको गहिरो भागमा खोजी गर्दा पोख्रेलको शव फेला परेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार टोलीले तत्कालै उद्धार कार्य सुरु गरे पनि गहिराइका कारण खोजी जटिल भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ