+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

श्रीमतीको हत्या, दुई नाबालक छोराछोरी गम्भीर घाइते: हत्यामा संलग्न श्रीमान् पक्राउ

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, १० वैशाख —शंखरापुर नगरपालिका–९ सानागाउँमा एक व्यक्तिले आफ्नै परिवारमाथि खुकुरी प्रहार गरी श्रीमतीको हत्या र दुई नाबालक छोराछोरीलाई गम्भीर घाइते बनाएका छन्।

पक्राउ परेका व्यक्तिको नाम ५९ वर्षीय पदमबहादुर तामाङ हो, जसको स्थायी घर रामेछापको खाँडादेवी गाउँपालिका हो भने उनी हाल सानागाउँमा बस्दै आएका थिए।

आइतबार राति भएको घटनामा उनले आफ्नी ४५ वर्षीया श्रीमती पुतली तामाङमाथि खुकुरी प्रहार गरेर घटनास्थलमै ज्यान लिएका हुन्।

खुकुरी प्रहारबाट उनका १० वर्षीया छोरी सन्जिता तामाङ र ११ वर्षीय छोरा रिदम तामाङ गम्भीर घाइते भएका छन्। दुबै बालबालिकाको हातखुट्टामा गहिरो चोट लागेको र उनीहरूलाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै पदमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

घटनाको मूल कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार पारिवारिक विवाद वा मानसिक असन्तुलनको सम्भावना रहेको छ। यद्यपि प्रहरीले घटनाको पृष्ठभूमि खुलाउने अनुसन्धान तीव्र बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ