काठमाडौँ, वैशाख ८ — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरूसँग भएको समीक्षा बैठकमा आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्दा एउटै योजनाबाट धेरै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यहरूलाई पहिलो प्राथमिकता दिन स्पष्ट निर्देशन दिइन ।
चालु आर्थिक वर्षका उपलब्धिहरूको समिक्षा गर्दै उपप्रमुख डंगोलले, स्रोत सीमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य र समावेशी कार्यक्रम तर्जुमा गर्न आह्वान गरिन । साथै, “क्रमागत योजनाहरू घटाउँदै लैजानुपर्छ,” भन्दै उनीले कार्यक्रमको निरन्तरताका लागि कर्मचारी सरुवा नगर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई विशेष आग्रह गरिन ।
उनले भनिन , “एउटाले थालेको काम बीचमै रोकिएर अर्कोले काम सम्हाल्नुपर्दा योजना प्रभावकारी बन्न सक्दैन। योजनावद्ध ढंगले, संघ तथा प्रदेशसँग समन्वय गरेर, कानुनद्वारा तोकिएको समयभित्र काम सम्पन्न गर्न सम्बन्धित अधिकारीले गम्भीरता देखाउनुपर्छ।”
बैठकमा योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले विभागहरूले हासिल गरेका उपलब्धिहरूको विवरण प्रस्तुत गरेकी थिन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पनि कार्यसम्पादनको प्रगति र आगामी रणनीतिक तर्जुमा सम्बन्धमा आफ्नो धारणा राखे ।
भौतिक पूर्वाधारतर्फ ड्रइङ, डिजाइन र लागत अनुमान पूरा भएका योजनालाई आउँदो आर्थिक वर्षको प्राथमिक सूचीमा राख्नुपर्नेमा समेत उपप्रमुख डंगोलले जोड ।