+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

 पुरानो सवारी बोक्नुपर्ने झन्झट अब सकियो, टीभीएस एक्सचेन्ज मेनियामा नयाँ बाइक लिएर फर्कनुहोस्!

जनवाच
८ घण्टा अगाडी

काठमाडौं – नयाँ वर्षको सुरुवातसँगै मोटरसाइकल प्रयोगकर्ताहरूका लागि एउटा सुनौलो अवसर आएको छ—टीभीएसले ल्याएको ‘एक्सचेन्ज मेनिया’। पुरानो बाइक वा स्कुटर, जुनसुकै अवस्थामा भए पनि, यो मेनियामा लगेपछि नयाँ सवारी लिएर फर्किन सकिने कम्पनीको दाबी छ।

नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै वैशाख १० देखि १५ गतेसम्म भव्य रूपमा यो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

जगदम्बा मोटर्सका अनुसार, सवारी चलेको होस् वा बिग्रिएको—टीभीएसले न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्याङ्कन गर्नेछ। साथै, पुरानो बाइकमा १ लाख रुपैयाँसम्म ‘भ्यालु एडिसन’ दिइनेछ। ग्राहकहरूको रोजाइ अनुसार थप नगद छुट, विशेष अफरहरू पनि प्रदान गरिनेछ।

० प्रतिशत ब्याजमा फाइनान्सदेखि फ्रि एक्सेसरिजसम्मको सुविधा
कार्यक्रममा सहभागी हुने ग्राहकहरूले पाउने सुविधा सूची हेर्दा यो केवल एक्सचेन्ज मात्रै नभई ब्यालेन्स अफर पनि हो।
– १ लाख रुपैयाँसम्म छुट
– ७.९९% ब्याजदरमा १८ महिनासम्म फाइनान्स
– ०% ब्याजदरमा विशेष मोडेलमा फाइनान्स
– हेल्मेट, बाइक कभर, ब्याग लगायत फ्रि एक्सेसरिज
– टीभीएस सवारीमा लाइफटाइम वारेन्टीको सुविधा

टीभीएसले ‘एक्सचेन्ज मेनिया’मार्फत ग्राहकलाई पुरानो सवारीको झन्झट हटाएर नयाँ सवारीमा उकालो यात्रा सुरु गराउने अवसर दिएको छ। नयाँ बाइक या स्कुटर खरिद गर्ने सोच बनाइरहनुभएको छ भने, यो भन्दा उत्तम समय र अफर पाउन कठिन छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ