काठमाडौं, चैत ७ – नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा मात्र बढाएको छैन, कर्जा गुणस्तरमा समेत उल्लेखनीय सुधार गरेको छ। बैंकले यो अवधिमा निष्क्रिय कर्जा (NPL) दर ४.९६ प्रतिशतबाट घटाएर ४.०४ प्रतिशत मा ल्याउन सफल भएको छ, जुन नेपालका ठूला बैंकहरूमा दुर्लभ उपलब्धि मानिन्छ। समीक्षा अवधिमा नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत वृद्धि हो। गत आवमा यो नाफा ४ अर्ब ६६ करोड रुपैयाँ थियो। यद्यपि, खुद ब्याज आम्दानी भने केही घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ, तर सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँ पुगेर सशक्त वृद्धि देखिएको छ। कुल सञ्चालन आम्दानी : १५ अर्ब २९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा : २ अर्ब ८७ करोड रुपैयाँ EPS (प्रति सेयर आम्दानी) : २५.०५ रुपैयाँ नेटवर्थ प्रति सेयर : २२६.३६ रुपैयाँ जगेडा कोष : ३१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी : २७ अर्ब ५ करोड रुपैयाँ – नबिल बैंकले नाफा मात्र हैन, गुणस्तरीय बैंकिङ अभ्यासतर्फको यात्रा सुरु गरिरहेको देखिन्छ