काठमाडौं, बैशाख ७ – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबी बैंकले नाफा बढाउन सफल भएको देखिए पनि कर्जा जोखिम सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। बैंकले साउनदेखि चैत मसान्तसम्म २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो।
बैंकको नाफासँगै प्रति सेयर आम्दानी (EPS) १६.२७ रुपैयाँबाट बढेर १७.२३ रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद ब्याज आम्दानी पनि ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ४४ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
तर, नाफा बढ्दो क्रममा रहे पनि लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) मा तीव्र वृद्धि देखिएको छ। अघिल्लो वर्ष ८० करोड रुपैयाँ रहेको यो रकम अहिले १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
अझ गम्भीर कुरा – बैंकको निष्क्रिय कर्जा (NPL) दर २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ, जुन कुनै पनि बैंकको लागि चिन्ताजनक संकेत हो। यसले कर्जा फिर्ता हुने दर घटेको र जोखिमयुक्त कर्जा संरचना बढेको देखाउँछ।
-
प्रतिसेयर नेटवर्थ: १७१ रुपैयाँ
-
आधार दर: ९.१५ प्रतिशतबाट घटेर ६.४९ प्रतिशत
-
वितरणयोग्य नाफा: १ अर्ब ३१ करोड रुपैयाँ