+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आर्थिक चुनौतीबीच कामना सेवा विकास बैंकको मजबुत पाइला : निक्षेप, कर्जा र नाफामा निरन्तर वृद्धि

कामना सेवा विकास बैंकले चुनौतीपूर्ण आर्थिक परिदृश्यका बीच व्यवसायिक स्थायित्व र वित्तीय अनुशासन कायम राख्दै सकारात्मक मार्गतर्फ अघि बढिरहेको छ। यो प्रगति आगामी त्रैमासहरूमा अझ मजबुत बन्ने संकेत हो ।

जनवाच
७ घण्टा अगाडी

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकले व्यवसाय विस्तारमा उल्लेखनीय सुधार गर्दै वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखाएको छ। बैंकले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले विपरीत आर्थिक वातावरणका बाबजुद पनि सन्तुलित प्रगति भएको देखाउँछ।

गत वर्षको तुलनामा बैंकको निक्षेप संकलन ५९.०६ अर्बबाट ६१.८९ अर्बमा पुग्दा, कर्जा प्रवाह पनि ४५.९८ अर्बबाट बढेर ४९.४७ अर्ब पुगेको छ। यो वृद्धि बैंकको शाखा सञ्जाल विस्तार र ग्राहकमा बढ्दो विश्वासको संकेत हो।

कामना सेवाले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६७.१९ अर्ब थियो।

अहिलेको कठिन आर्थिक परिवेशमा ब्याजदरको चाप, प्रतिस्पर्धा, र साइबर सुरक्षाको चुनौती हुँदाहुँदै बैंकले आफ्नो स्थायित्व कायम राख्दै प्रगति गरेको छ। यद्यपि, बैंकको खराव कर्जा (NPL) ४.२७% मा पुगेको छ, जुन अघिल्लो वर्ष ३.५५% थियो। तर, कर्जा नोक्सानी व्यवस्थापन अनुपात १०४.६४% रहेकाले बैंकले जोखिम व्यवस्थापनमा पनि ध्यान दिएको देखिन्छ।

गत साधारणसभाबाट पारित अविमोच्य अग्राधिकार सेयर जारीको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ भने हाल नेपाल धितोपत्र बोर्डमा पेश भइसकेको छ।

देशभर १३० शाखा विस्तार गरिसकेको बैंकले डिजिटल प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्दै सेवा पहुँचलाई अझ सहज र ग्राहकमैत्री बनाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ