+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

फुटबल प्रेमीका लागि खुशीयाली : मंगलबार एलओडीमा रोबर्टो कार्लोसको विशेष उपस्थिती

रोबर्टो कार्लोसको उपस्थितिले नेपालमा फुटबलको माहोललाई अझ तातो बनाउने छ।

जनवाच
५ घण्टा अगाडी

काठमाडौं, ६ वैशाख । विश्व फुटबलका महान लेफ्ट ब्याकमध्ये एक, ब्राजिलियन सुपरस्टार रोबर्टो कार्लोस अब काठमाडौं आउँदै छन्। नेपाल सुपर लिगको विशेष पाहुना रुपमा नेपाल आउन लागेका कार्लोस आगामी मंगलबार (वैशाख ९) राजधानीको चर्चित नाइट क्लब एलओडी मा विशेष उपस्थिती जनाउने भएका छन्।

एलओडी क्लबका निर्देशक भुपेन कुँवर का अनुसार, पहिले शुक्रबार आउने तय भए पनि स्वास्थ्य कारणले उनको आगमन तीन दिन ढिलो भइ मंगलबारमा सरेको हो। यसपालिको नेपाल भ्रमणमा कार्लोसले दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिग का कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्।

नेपाल सुपर लिगका आयोजक तथा एलओडी क्लबले मंगलबारको कार्यक्रमलाई विशेष बनाउने तयारी गरिरहेका छन्। क्लबमा कार्लोसको आगमनसँगै फ्यान मिटीङ, फोटोसेसन र छोटो अन्तर्क्रिया कार्यक्रम समेत हुने अनुमान गरिएको छ।

विश्वकप विजेता ब्राजिलियन स्टार कार्लोसलाई प्रत्यक्ष देख्न पाउने अवसर पाउँदा नेपाली फुटबलप्रेमीहरूमा ठूलो उत्साह छाएको छ। क्लबका अनुसार, कार्लोसलाई नजिकबाट हेर्न चाहने दर्शकहरूले एलओडी क्लबमा मंगलबारको कार्यक्रम नछुटाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ