६ वैशाख, काठमाडौं । संक्रमणकालीन न्यायको पेचिलो विषय टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गृह मन्त्रालय सम्हालिरहेका नेता रमेश लेखक र संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्। शान्ति प्रक्रियाका बाँकी मुद्दा, विशेषतः सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिने विषयमा तीन दलबीच अन्तिम सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेको स्रोतको भनाइ छ।