+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

बुटवलमा युवतीमाथि गोली प्रहार

जनवाच
१२ घण्टा अगाडी

६ वैशाख, बुटवल । बुटवल–११ बुद्धनगरमा बुधबार दिउँसो एक युवतीमाथि रहस्यमय ढंगले गोली प्रहार भएको छ। गोली लागेर घाइते भएकी टिका विष्ट क्षेत्री हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विष्टको कम्मर माथि गोली लागेको छ। उनी रैनादेवी छहरा स्थायी घर भई हाल बुटवलमा बस्दै आएकी हुन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाले विष्टमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषय खुल्न बाँकी रहेको बताए। यद्यपि, स्थानीयवासीले केही दिनअघि युवती र एक भारतीय नागरिकबीच विवाद भएको जनाउँदै त्यसैबाट घटना उत्पन्न हुन सक्ने आशंका गरेका छन्।

प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गर्दै अनुसन्धान तीव्र पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानको चरणमा रहे पनि यो घटना पुरानो रिसीइवी र योजनाबद्ध हमलाको संकेत दिन थालेको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ