+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

चितवनको ६ लेन सडक उद्घाटन : पूर्वाधार विकासमा राजनीतिक हुनुहुदैन,प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको —देश बनाउने जिम्मा केवल सरकारको मात्र होइन, हामी सबैको साझा दायित्व हो, र त्यो यात्रामा राजनीति होइन, सहकार्य आवश्यक छ।

जनवाच
१ दिन अगाडी

चितवन, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको उद्घाटन गर्दै पूर्वाधार विकासलाई राजनीतिभन्दा माथि राख्न सबैलाई आग्रह गर्नुभएको छ।

नेपाल सरकारको पूर्ण लगानीमा निर्माण गरिएको यो सडक भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको बीच भागलाई जोड्ने महत्त्वपूर्ण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्छ, र एसियाली मापदण्डअनुसार निर्माण गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विकास कार्यलाई निरन्तरता दिन सबै तहका राजनीतिक दल र नेताहरू एकजुट हुनुपर्ने बताए। “विकासका लागि विचार फरक पर्न सक्छन्, तर लक्ष्य एउटै हुनुपर्छ—देशको समुन्नति,” प्रधानमन्त्रीको भनाइ थियो।

उहाँले विकासलाई निर्वाचन र प्रचारको चस्माबाट मात्र नहेर्न आग्रह गर्दै भन्नुभयो, “अहिले चुनाव छैन, प्रचारको पनि समय होइन। अब आवश्यकता छ त केवल एकतामा, सहकार्यमा र विकासमा केन्द्रित हुन।”

चितवनको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई पनि स्मरण गर्दै प्रधानमन्त्रीले त्रेतायुगदेखि नै यस भूभागले सभ्यताको संकेत दिएको उल्लेख गर्नुभयो। “यो भूमि केवल भूगोल मात्र होइन, हाम्रो सभ्यताको जग हो,” उहाँले भन्नुभयो।

सडक परियोजनाको शिलान्यास पनि प्रधानमन्त्री ओलीले नै २०७७ माघ १७ गते गर्नुभएको थियो। करिब १ अर्ब १३ करोड रुपैयाँको लागतमा सम्पन्न यो ६ लेनको सडकले चितवनको ट्राफिक व्यवस्थापन मात्र सहज बनाउने छैन, राष्ट्रिय पूर्वाधार सञ्जाललाई पनि सबल बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ