+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राष्ट्रवादको पक्षमा पोखरामा कमल थापा: ‘शान्तिपूर्ण आवाज दबिनु हुँदैन’

थापाको उपस्थिति अब ‘पार्टीगत विरोध’ भन्दा बढी ‘राष्ट्रवादी सोचको आवाज’ जस्तो देखिन थालेको छ — जहाँ शान्तिपूर्ण आन्दोलनको हकका लागि संसदबाहिरको राजनीति अझ सक्रिय बन्दैछ

जनवाच
२ दिन अगाडी

पोखरा, ४ बैशाख — “शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्नु लोकतन्त्रको अपमान हो”, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पोखरामा यस्तो उद्घोष गरेका छन्। तीनकुने घटनामा शान्तिपूर्णरूपमा सहभागी भएका नेताहरूको रिहाइको माग गर्दै पोखराको मुस्ताङ चोकमा जारी रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगेका थापाले सत्ता पक्षप्रति कडा असन्तोष प्रकट गरेका छन्।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई लिएर पक्राउ गरिएका डा. धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरू हिंसा वा अराजक गतिविधिमा संलग्न नरहेको थापाको दाबी छ।

“यी नेताहरू त बारम्बार संयम र संवादको बाटो अपनाउन आग्रह गरिरहेका थिए”, थापाले स्पष्ट पारे, “उनीहरूलाई दोषी ठहर गरेर कारवाही गर्नु अन्याय हो।”

थापाले पोखरा पुगेर अनसनरत कार्यकर्तासँग भेट गर्दै भने, “राष्ट्रवादी सोच बोकेका साथीहरूलाई सम्मान गर्नुपर्छ, तिनको आवाज सुन्ने संवेदनशीलता राज्यले देखाउनै पर्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ