+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सगरमाथा संवाद : माओवादी केन्द्रले गर्‍यो साझा अवधारणाका लागि सरकारसँग आग्रह

जनवाच
३ दिन अगाडी

काठमाडौं –  आसन्न सगरमाथा संवाद कार्यक्रममा राजनीतिक सहमति र साझा दृष्टिकोण आवश्यक रहेको भन्दै नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष ध्यानाकर्षण गराएको छ ।

वन, वातावरण तथा जलवायु विभाग अन्तर्गतको माओवादी केन्द्रको टोलीले प्रधानमन्त्री निवास सिंहदरबार पुगेर कार्यक्रमलाई राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन विगतका प्रयासहरू समेटेर साझा अवधारणा तयार पार्नुपर्नेमा जोड दिएको हो ।

विभाग प्रमुख माधव सापकोटा नेतृत्वको टोलीले प्रधानमन्त्री एवं संवाद कार्यक्रम निर्देशक समितिका अध्यक्ष समेत रहेका ओलीसँग भेट गर्दै दलगत सीमाभन्दा माथि उठेर राष्ट्रिय हितमा आधारित सहकार्यको खाँचो औंल्यायो ।

भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कुनै एक दल वा सरकारको पक्षधर कार्यक्रम नभई सम्पूर्ण मुलुकको साझा प्रयास भएको स्पष्ट पारे । उनले सबै दल, सरोकारवाला निकाय र नागरिक समाजलाई समेटेर संवादलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै, आवश्यक पत्राचार गरी परामर्श प्रक्रिया अघि बढाइने जानकारी दिए ।

सगरमाथा संवाद २०२५ को मुख्य उद्देश्य जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी तन्त्र, र मानव जीवनको सुरक्षाबीचको अन्तर्सम्बन्धलाई अन्तर्राष्ट्रिय फलकमा प्रस्तुत गर्नु हो ।

सरकारले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो जुन हरेक दुई वर्षमा दोहोरिनेछ र नेपाललाई जलवायु सम्बादको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

माओवादी केन्द्रले सगरमाथा संवादलाई विगतका जलवायुसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलहरूको निरन्तरता स्वरूप लिनुपर्ने सुझाव दिएको छ ।

सापकोटाले भने, “यस विषयमा विगतमा भएका नीति, कार्यक्रम, र छलफललाई आत्मसात गर्दै सहकार्यात्मक बाटो अपनाउन सके मात्र नेपालको जलवायु नेतृत्व सुदृढ हुन्छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ