+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८० बढी मुलुकमा बिक्रि हुने LUYUAN इलेक्ट्रिक स्कुटरको नेपालमा पनि माग बढ्दो

जनवाच
७ महिना अगाडी

करिब २७ बर्ष अघि चीनमा स्थापना भएको ब्राण्ड लुयानका इलेक्ट्रिक स्कुटरहरुको नेपालमा पनि निक्कै माग बढिरहेको छ ।
गुणस्तरीय उत्पादन, अधिक रेन्ज, शक्तिशालि तान्ने क्षमता हुँदाहुँदै पनि अन्य प्रतिष्पर्धि ब्राण्ड भन्दा निक्कै कम मुल्यमा पाइने भएर पनि यसको माग बढेको देखिन्छ ।
प्रायः इलेक्ट्रिक स्कुटरका मोटरहरुमा बाहिरी हावाले मात्र चिसिने मोटर हुने हुँदा तान्ने क्षमता चित्तबुझ्दो हुँदैन । तर लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर भएको हुनाले अत्यन्तै उकालो बाटोमा पनि सजिलै तान्न सक्छन् ।
काठमाण्डौंको स्वयम्भु नजिकैको सेतो गुम्बा जाने बाटोलाई उपत्यकाको निक्कै उकालो बाटो भनेर चिनिन्छ । जहाँ राम्रो कण्डिसनमा छैन भने पेट्रोलबाट चल्ने स्कुटरलाई पनि उकालो चढ्न धौ धौ हुन्छ । तर त्यो उकालो बाटोमा पनि दुइजना सवारीलाई लुयानका स्कुटरले सजिलै तान्न सक्छ । जसलाई कम्पनीले भिडियो खिचेर युट्युबमा पनि अपलोड गरेको छ ।
साथै लुयानको स्कुटरमा रनफ्याट टायर भएको हुनाले यदि टायर पञ्चर भै नै हाल्यो वा हावा कत्ति नभए पनि करिब ५० किलोमिटर सम्म चलाउन सकिन्छ । त्यसरी चलाउँदा पनि रिम अथवा टायरमा कुनै असर पर्दैन ।
यसको मोटर र बेटी्रमा IP 67 water resistance भएको हुनाले लुयानका स्कुटरहरुलाई जस्तो सुकै बर्षामा पनि चलाउन मिल्छ ।
लुयानका विभिन्न मोडेलहरुमध्ये सबैभन्दा बढी बिक्रि हुने मोडेल चाहिँ MNK3 हो । यसमा २८०० वाटको लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ भने ७२ भोल्ट, ३५ एएचको बेट्री प्रयोग भएको छ । जसका कारण यसले एक पटकको फुल चार्जमा करिब १२० किलोमिटरसम्मको स्ट्याण्डर्ड रेन्ज दिने कम्पनीले जनाएको छ । काठमाण्डौंको बाटोमा ग्राहकहरुले यो स्कुटरमा करिब ९० देखि १०० किलोमिटरसम्मको रेन्ज पाएका छन् ।
रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएको हुनाले यसलाई ओरालोमा चलाउँदा आफैं बेट्री चार्ज हुन्छ । साथै LED head light, Lcd display, nfc card system लगायतका अत्याधुनिक फिचरहरु लुयानका स्कुटरहरुमा पाउन सकिन्छ ।
यदि तपाईसँग nfc भएको मोवाइल छ भने चाबी बिना तपाईको मोवाइलबाट नै यसलाई अन अथवा अफ गर्न सक्नुहुनेछ ।
यति हुँदाहुँदै पनि यसको शुरुवाती मुल्य जम्मा  1,92,600 मात्र छ । बजारमा यस्तै पावर र प्याक भएको स्कुटरको तुलनामा यो निक्कै कम मुल्य हो । MNK3 मा ग्राफिनी बेट्री मात्र ,नभएर लिथियम आयोन बेट्री पनि हाल्न मिल्छ । त्यसरी लिथियम आयोन बेट्री हालेर लिँदा यसको मुल्य 2,50,200 पर्न जाने कम्पनीले जनाएको छ ।
अर्को रोचक कुरा, अहिले तपाइले यो स्कुटरमा गा्राफिनी बेट्री हालेर लिनुभएको भए पनि, पछि बेट्री चेन्ज गर्ने बेलामा लिथियम आयोन बेट्री हाल्न पनि सक्नुहुनेछ ।


अझै महत्वपुणर् कुरा त के भने काठमाण्डौंमा लुयानले आजको मितिसम्म ९ ठाउँमा सर्भिस सेन्टर सन्चालनमा ल्याएको छ । यो सँख्या भनेको काठमाण्डौंमा रहेका अन्य इलेक्ट्रिक स्कुटरको दाँजोमा सबैभन्दा धेरै हो ।
स्कुटरको बिक्रिपछिको सेवालाई नै सबैभन्दा बढी महत्व दिइएको हुनाले पनि यसले ग्राहकको मन जित्न सफल भएको कम्पनीका सेल्स हेड, शंकर शर्माले बताउनुभयो । जसका कारण स्कुटर दोहोर्याएर किन्ने ग्राहक धेरै भएको शर्माले बताउनुभयो ।
नेपालमा लुयानको आधिकारिक वितरकको रुपमा जीरो इमिसन राइड एन रहेको छ । यसको मुख्य शोरुम नागपोखरीमार्ग, काठमाण्डौंमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ