+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका: कैटी पेरी

जनवाच
३ दिन अगाडी

न्युयोर्क – विश्व संगीतमा छुट्टै पहिचान बनाएकी पप स्टार कैटी पेरी अब केवल स्टेजमा चम्कने गायिका मात्र होइनन्, अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिकाको रुपमा पनि इतिहासमा नाम लेखाउन सफल भएकी छन्।

तर यो यात्रा उनले गीत गाएर होइन, सपना साकार पारेर गरेकी हुन्। जेफ बेजोसको स्पेस कम्पनी “ब्लू ओरिजिन” को सहयोगमा उनी ६० माइल (१०० किलोमिटर) माथिसम्मको उचाइमा पुगिन् र १४ मिनेटपछि पृथ्वीमा फर्किइन्।

सबै महिला टोलीका साथ गरिएको यो मिशनमा छोरी ‘डेजी’लाई लिएर जान नसके पनि, उनले डेजी फूल बोकिन् – सानोतिनो होइन, भावनात्मक यात्राको प्रतीक स्वरूप।

कैटीले आफ्नो अनुभव बर्णन गर्दै भनिन्, “सानैदेखि अन्तरिक्षमा पुग्ने सपना देख्थें, आज त्यो सपना पूरा भएको छ।”
यात्राबाट फर्कनेबित्तिकै उनले पृथ्वीलाई चुमिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ