+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

त्रिविमा संक्रमणकालीन नेतृत्व : उपकुलपतिका रूपमा डा. खड्ग केसीको जिम्मेवारी तीन महिनासम्म

जनवाच
३ दिन अगाडी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका रूपमा डा. खड्ग केसीले संक्रमणकालीन नेतृत्व सम्हाल्ने भएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको निर्णयानुसार केसीलाई तीन महिनासम्मका लागि उपकुलपति पदको जिम्मेवारी दिइएको हो।

त्रिवि ऐन, २०४९ को दफा २१(ख) अनुसार नयाँ नियुक्ति नभएसम्म शिक्षाध्यक्षको रूपमा कार्यरत डा. केसीले उपकुलपतिका सम्पूर्ण कार्यभार सम्हाल्नेछन्। गत चैत ३१ गते प्रधानमन्त्रीको निर्णयपछि यो कार्यान्वयनमा आएको हो।

पूर्व उपकुलपति प्रा. डा. केशरजंग बरालले चैत २८ गते पदबाट राजीनामा दिएपछि त्रिविमा नेतृत्व रिक्त भएको थियो।

डा. खड्ग केसी शिक्षा नीति र विश्वविद्यालय प्रशासनमा अनुभवी व्यक्ति मानिन्छन्। त्रिविमा विभिन्न शैक्षिक जिम्मेवारी सम्हाल्दै आएको पृष्ठभूमिका कारण उनलाई स्थायीत्व र सुधारको संक्रमणकालीन सेतुको रूपमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ