+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नीति रणनीति र संगठन सुदृढीकरणका एजेन्डामा कांग्रेस सक्रिय: वैशाख १७ मा केन्द्रिय बैठक

जनवाच
४ दिन अगाडी

काठमाडौं, २ वैशाख – राजनीतिक गति तीव्र बनाउने तयारीमा रहेको नेपाली कांग्रेस आगामी बैशाख १७ गते केन्द्रिय कार्य समिति बैठक बस्ने भएको छ। बैठकको मिति सार्वजनिक गर्दै पार्टीले आन्तरिक संगठन, समसामयिक राजनीति र भावी रणनीति तय गर्ने संकेत दिएको छ।

बुधवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य तथा आमन्त्रित सदस्यहरू सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको आलोचना, गठबन्धनको समीकरण, आगामी रणनीति र संगठन विस्तारका विषयमा छलफल हुने बताइएको छ। साथै, पार्टीभित्र देखिएको असन्तोष तथा नीतिगत अस्पष्टताका विषयमा पनि स्पष्ट धारणा बनाउन नेतृत्वले प्रयास गर्ने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ